• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

 ‘पोइ पर्यो काले’ को  गीत सार्वजनिक (गीत सहित)

काठमाडौं । चलचित्र ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । शिशिर राणाको निर्देशन रहेको गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । थुप्रै कोरस प्रयोग गरिएको गीत लोक शैली भाकामा तयार गरिएको छ ।

 

निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित शीर्ष गीत ‘पोई पर्यो काले’ सार्वजनिक गरेको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने गीतलाई बालाजुको नेपाल चलचित्र विकास कम्पनीको प्राङ्गणमा खिचिएको हो । निर्देशक राणाकै लेखन रहेको चलचित्रमा  किरण नेपालीको प्रस्तुति रहेको छ भने राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानीमा चलचित्र बनेको हो ।

 

अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । शिव ढकालको छायाँकन  अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको गीतलाई बुढासुब्बा म्युजिकको युट्युव मार्फत सार्वजनिक गरिएको हो । 

 

कार्तिक ८ बाट प्रदर्शनमा आउने चलचित्रमा सौगात, पुजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षासँगै किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार