• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

कलाकार किरण मानन्धरको एकल चित्रकला  ‘आत्मा’ शुरु 

काठमाडौं । कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ । 

 

कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु एक लाखदेखि पाँच लाखसम्म रहेको छ । 'चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ', मानन्धरले भने,  'अमेरिका, अफ्रिका लगायत विदेशी मुलुकमा बढी चर्चा कमाएको ती चित्रले नेपालमा पनि यसको अर्थ र भाव बुझाउन सफल हुँदै गएको छ ।' यस्ता प्रदर्शनीले चित्रकाला बुझ्ने खुबीको विकास गराउने उनको भनाइ थियो ।

 

प्रदर्शनीमा उपस्थित उद्योगपति विनोद चौधरीले चित्रमा माता लक्ष्मी र सरस्वतीको बास हुने भएकाले यसको भाव बुझेर अवलोकन गर्न सबैलाई आग्रह गरे । चिकित्सक भगवान कोइरालाले प्रदर्शनीमा राखिएका चित्रले सो क्षेत्रमा लाग्ने जुनसुकै व्यक्तिको मनोबल बढाउन सहयोग पुग्ने बताए । प्रदर्शनी दुई हप्ता चल्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार