‘माया–प्रेम मा धेरै आँसु झरे’
आँसु के हो ?
आँसु संवेदन अभिव्यक्ति हो ।
पहिलो पटक आँसु आएको बेला ?
त्यसको त तिथी मिती थाहा भएन ।
आँसु आउँदा कस्तो महशुस हुन्छ ?
आँसु आउँदा संवेदनाको गहिरो अनुभूति भएको महशुस हुन्छ । त्यो चाहे दुखमा होस् वा सुखमा ।
के कुराले तपाईलाई झर्झर आँसु आउँछ ?
मेरो मन साह्रै कमलो छ । मलाई सानो सानो कुराहरुमा पनि आँसु आउँछ । कहिलेकाँही आफनै नाटकको दृश्य हेर्दा पनि आँसु आउँछ ।
सबैभन्दा ज्यादा आँसु आएको समय ?
मेरो आमाको मृत्युको बेला मलाई ज्यादा आँसु आएको थियो ।
आँसु किन आउँछ ?
यो त थाहा भएन ।
आँसु आएको बेला कसले तपाईलाई ढाढस दिन्छ ?
आँसु आएको बेला मेरो आफ्नै मनले मलाई ढाढस दिन्छ ।
आँसु र खुशीमा के फरक छ ?
केही फरक छैन । आँसुको कुनै रंग हुँदैन, न त कुनै जात नै हुन्छ । मनको तलाउ उर्लियपछि झर्ने आँसुलाई के थाहा । न दुख न खुशी ।
कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
आँसु कति समय झर्यो भनेर कसले घडी हेरिरहन्छ र ।
माया–प्रेम मा कतिपटक आँसु आयो ?
यो त भनेर साध्य छैन । कति कति । सबैभन्दा धेरै आँसु झर्ने कारण माया–प्रेम नै त हो ।
प्रतिकृया दिनुहोस