• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मैले फिल्महरुमा आफनो लागी नायिका किन पाउँदिन : विक्की कौशल

मुम्बई । भारतको बहुचर्चित अर्वाड नेशनल अवार्डमा आफनो अभिनय क्षमताबाट अवार्ड पाएका कलाककार हुन विक्की कौशल । यी बलिउड कलाकारले अवार्ड त पाए तर यीनका बलिउडमा धेरै दुख र कष्ट गरेका छन् । यदी उनको दुख र कष्टको बारेमा थाहा पाउने हो भने हामीले उनको फिल्म हेर्नैपर्छ । 

 

आफनो नयाँ एल्वम 'पछताउओगे' को बारेमा केही रमाइला र मस्तीका कुराकानी गर्दै कौशलले आफनो यो एल्वममा पनि आफुलाई केटीले बिष दिएर मार्ने दृश्य रहेको बताए । मेरो फिल्म र अन्य मैले गरेका कुराहरुमा सधै यस्तै नै हुन्छ । मलाई थाहा छैन मैले किन कहिले केटी भेट्दिन ।

 

केही दिन अघि यो पनि महशुस गरे कि मैले आजसम्म जति पनि फिल्महरुमा अभिनय गरे ती फिल्महरुमा कुनै पनि नायिका मेरा हुन सकेनन् । फिल्म 'राजी' मा उ छाडेर जान्छे । 'मनमर्जीया' र 'सन्जु'  मा पनि नायिका मेरो बन्न सक्दैनन् । 'मसान' मा उ मर्छे । मनमा यो सोच आउन थालेका छन् अब आउने फिल्महरुमा नायिका मेरा हुन्छन् या हुनन् ।  मैलै पछताओगे का निर्माता भुषण यादवसँग फेरी अर्को एल्वम निकाल्न आग्रह गरेको छु र त्यसमा नायिकालाई मेरो बनाइदिन पनि आग्रह गरेको छु । 

 

 

 

विक्की हास्दै भन्छन्, यो कुराहरु मैले कहिले सोचिन र ध्यान पनि खासै दिइन । मलाई पहिला पहिला यस्तो कुराहरुले खासै असर गर्दैन्थ्यो तर अब भने यस्ता कुराहरुको पनि महशुस हुन थालेको छ । अब जुन फिल्मको अफर आए पनि पहिला नायिका अन्तिमसम्म मेरो हुन्छ कि हुन्न भनेर पहिला नै सोध्ने हो । यदी अन्तिमसम्म मेरै हुने भए म पक्कै पनि त्यो फिल्ममा अभिनय गर्छु । 

 

तपाईलाई कसैले यो त नेशनल अवार्ड बिजेता हो भनेर बोलायो भने तपाई कस्तो महशुस गर्नुहुन्छ ? 
उनको बानीबेहोराले यो भन्थ्यो कि अझै पनि उनमा धेरै खुशीहरु झल्किरहेका थिए । उनको खुशी आजसम्म पनि सकिएको देखिदैन्थ्यो । उनले हास्दै जवाफ दिए कि मलाई धेरै नै खुशीको महशुस हुन्छ । मैले यती छोटो अवधिमा यो सम्मान पाउँछु भनेर सपनामा पनि सोचेको थिइन । यो अवार्डले म माथीको मेरो जिम्मेवारी अझ बढाइदिएको छ । म आगामी फिल्महरुमा अझ धेरै राम्रो अभिनय गरेर दर्शकलाई मनोरन्जन दिनेछु । दर्शकको मया नै मेरो लागी सबैभन्दा ठुलो कुरा हो । यो मेरो लागी र पुरा देशको लागी नै ठुलो सम्मान हो । म यसको शान राख्नेछु । 

 

'पछताओगे' एल्वम एक्लै गर्नुको कुनै खास कारण ? 
मलाई निर्माता भुषण कुमारले पछताओगेको गीत सुनेर प्रतिक्रिया दिनु भनेर पठाउनु भएको थियो । मैले यस एल्वमको गीत हरेक ठाउँमा सेने । घरमा, गाडिमा, म जहाँ जान्थे गीत सुन्थे । यही शिलशिलामा भुषण जीलाई मैले गीत राम्रो भएको जानकारी दिए र यसमा मैले अभिनय गर्ने मौका पाएको हो । 

 

 

तपाईलाई गायक अर्जित आवाज कस्तो लाग्छ ? 
पछिल्लो समय उनले धेरै गीतहरु गाएका छन् । उनको आवाजमा एकप्रकारको जादु नै छ भन्दा फरक पर्दैन । त्यसैले पनि उनका हरेक गीतहरु अत्याधिक राम्रा हुन्छन् । यदी कसैलाई बिछोडको पीरले सताएको छ भने त्यसले अर्जितको गीत सुनेकै हुन्छ । यसको मतलब यो पनि होइन कि बिछोडकाले मात्र उनका गीत सुन्छन् । हरेका वर्गका मान्छेहरुले उनका गीतहरु सुनेका हुन्छन् ।  उनको गीत सुनेर यस्तो लाग्छ कि उनी यतै कतै छन् । उनको कतै आवाज गुन्जिएको जस्तो या उनको बोलाएको जस्तो महशसु हुन्छ । वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार