• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

'यो किताब मेरै चेतना र ज्ञानको थर्मोमिटर हो'

काठमाडौं । रंगकर्मी घिमिरे युवराजको पुस्तक  'आँधीको मनोरम नृत्य' सार्वजनिक भएको छ । आँधीको मनोरम नृत्य नाटकलाई रंगकर्मी घिमीरेले पुस्तकाकार स्वरुपमा ल्याएका हुन । 

 

मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा संयुक्त रुपमा  रंगकर्मी अशान्त शर्मा, पशुपति राई, प्रियंका झा, प्रवीण खतिवडा, बिपिन कार्की, सुषमा कोइराला, रविन्द्र झा र राज शाहले पुस्तकलाई सार्वजनिक गरे । 

 

बालबालिका र किशोरकिशोरीको मनोविज्ञान विपरीतको शैक्षिक प्रणाली र परिवारको व्यवहारले निम्त्याउन सक्ने दुर्घटना र त्यसको असरको कथा हो नाटक आँधीको मनोरम नृत्य ।कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै डा.शिव रिजालले नाटक मञ्चन सँगै पुस्तक प्रकाशनमा पनि जोड दिने घिमिरे युवराजको गतिशीलता सराहनीय रहेको बताए । पुस्तकले बालबालिकाहरुको यात्रा र पारिवारिक सामाजिक परिवेश केलाएको रिजालको भनाई थियो । 

 

यस्तै पुस्तकका लेखक तथा रंगकर्मी घिमीरे युवराजले पुस्तकमा आफुले  'शहरी क्षेत्रका बालबालिकाको मनोविज्ञान प्रस्तुत गर्ने प्रयास गरेको जनाए', उनले भने, 'यो किताब मेरै चेतना र ज्ञानको थर्मोमिटर हो।'
 

कार्यक्रममा पुस्तक लोकार्पण अघि शिल्पीमा तीन महीने कोर्स पूरा गरेका ११औं ब्याचका १६ जना विद्यार्थीको नाट्य प्रस्तुति र दीक्षान्त समारोह राखिएको थियो। त्यस क्रममा 'निर्जीवहरुको जीवन', 'तार्तुफको स्त्री स्वरुप'  र 'ही इज नट माई टाइप' नाटक मञ्चन गरिएका थिए ।

 

उनीहरुलाई शताब्दी पुरुष एवं संस्कृतिविद सत्यमोहन जोशी र चलचित्र निर्देशक यादव खरेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार