• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’ प्रतिबन्ध

सोलुखुम्बु । बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजना प्रति स्थानीयवासी सकरात्मक देखिएका छन् ।

 

गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् । सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिए । शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन् ।

 

विद्यालय क्षेत्रभित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ”, कुकलुङले भने, 'स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अग्र्यानिक खानेकुरालाई प्रवद्र्धन गर्न हामी एकमत भएका हौंं ।' वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिइने स्थानीयवासी बताउँछन् ।

 

विभिन्न परियोजनाले अग्र्यानिक खानेकुरासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङ्कफुड प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका रमिता कुलुङले बताए । बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरा माथि प्रतिबन्ध लगाइएको कुलुङको भनाइ छ । उनको अनुसार यो अभियानलाई सबैतिर लागू गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार