• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

तीज गीतमा हराएको मौलिकता

तीजको गीतमा हराएको मौलिकता
परार लगाइथे झिलझिले साडी कसैले हेरेनन् 
पोहोर लगाकी बुटे फरिया झन् टेर्दै टेरेनन् 
पोहोर लगाइथे बुट्टे फरिया छोपिएछन् खुट्टा
अहिलेको तीजमा छपक्क कट्टु , कट्टु मानी बुट्टा 


।।।।।।।।।।

 

जय जय भोले पशुपति शिव शम्भो 
लामो साडी लगाउँदा जिउमा गरम भो 
ओइ शम्भु नलगाउँदा झनै सरम भो 
यसपालीको तीज पनि रकमै जम्ने भो 
यसपालीको तीज पनि बबाल हुने भो 
यसपालीको तीज पनि रकमै जम्ने भो 


।।।।।।।।


छोटा छोटा लुगा लाउने सबै अंग देखाउने 
त्यसै माथी भएन भने ट्याटु लेखाउने 
बाउको इज्जत छ भने विकृती घटाइदेउ 
अब चाइनाले लामा लामा लूगा पठाइदेउ


माथी प्रस्तुत गरिएका तीजका गीतहरुका अंशहरु अहिले शहर बजारको पार्टी प्यालेसहरु घन्किरहेका छन् । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व तीज आज । हिजो तीजको दर खाने दिन । तर नेपालका विकसित भनिएको शहरमा दर कार्यक्रम केही साता अघिदेखीनै शुरु भएको हो ।

 

समयले तीजलाई परिवर्तन गरेको हो या तीजले चाहिँ समयलाई परिवर्तन गरेको हो ? त्यो बहस हुँदै जाने विषय होला । तर, जसरी तीज मनाउने चलनमा परिवर्तन आएको छ यसको प्रत्यक्ष प्रभाव तीजका गीतहरुमा पर्न थालेको छ । जसले मौलीकता जोगाउन लागिपरेका कलाकारहरुलाई समेत टाउको दुखाइको विषय बन्न थालेको छ ।

 

विगतमा तीजका गीतहरुमा चेलीहरुको विरह सुःख,दुःख , श्रीमान श्रीमती बीचको सम्बन्ध , चेली माइतीको सम्बन्धहरु पाइन्थ्यो । तर, समय परिवर्तन भएसँगै तीजका गीतहरुमा माया प्रितिका कुराहरु , डिस्को डान्स , रम वियर र भोड्का जस्ता उताउलो शव्दहरु प्रयोग हुन थालेको छ । यसले मौलिकतामाथि गम्भिर धक्का लागेको छ ।  दर , भोको पेटको ब्रत अनि रातो सारीमा छमछमी नृत्य , हो यही हो तीज । नेपाली नारीहरुको महान चाड हरितालिका तिजलाई सुःखको संगम रुपमा लिने प्रचलन छ । तर फेरीएको छ तीजको त्यो परम्परागत शैली , फेरीएको छ त्यो तीजको भाका , फेरीएको छ त्यो रौनक । तीजमा मिसिएको आधुनीकता , तीज आउनु महिना दिन अघि नै रमझम चल्न थाल्छ । सांगेतीक रुपमा एक समय थियो जतीवेला गाइन्थ्यो तिजको लहर आयो बरी लै ।

 

तीजको लहर आयो बरी लै तीजको लहर आयो बरी लै बोलको गीतमा रमाउँथे दिदीहरु र बहिनीहरु अनि वर्षको एक दिन गीतले भनेझै गरेर तीज मनाउँथे पनि । त्यो तीज रहेन अब ,अहिले त तीज पनि रकमै जम्न थालेको छ रे ।

 

आजभोलीका तीजका गीतमा मौलीकता पाउन छोडिएको छ । यो जनगुनासो केही वर्षदेखि नै बढ्दै आएको हो । तीजमा चेलीहरु माइती जाने गर्दछन् । सबैसँग बसेर सँगै दुःख सुःखका गफ गर्दै दर खाने गर्दछन् । गीतहरुमा पनि सुःख दुःख वर्णनन् गरिएको हुन्छ । तर, अहिले बजारमा आएका गीतहरुमा त्यो पाइँदैन । हाम्रा केही सर्जकहरु आधुनिक भइसकेका छन् । गीतमा सुःख दुःख भन्दा पनी माया प्रेम बाढ्न थालेका छन् । समय ले तीजलाई फेर्‍यो कि तीजले समयलाई छुट्याउनै गाह्रो भएको छ । माया प्रितीका कुराहरु समेत यो तीजमा सुन्न थालेपछि अन्योलता छाएको छ । तीज र प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे छुट्याउन गाह्रो हुन थालेको छ । 

 

संस्कार रहे संस्कृति रहन्छ र संस्कृति रहे हाम्रो अस्तित्व र परिचय रहन्छ । तीजको धार्मिक सांस्कृतिक महत्व जती छ , त्यती नै तीजको अवसरमा गाइने गीतहरुको महत्व छ । ग्रामिण क्षेत्रको कुरालाई छोडेर शहर केन्द्रित हुने हो भने आधुनिकताको नाममा तीज भडकिलो भएकै छ , त्यसको ज्वलन्त ऐना हुन अहिले बजारमा आएका गीत-संगीत । तसर्थ भड्किलो तीज हुनबाट जोगाउन जरुरी छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार